काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
डा. पौडेल राष्ट्र बैंकका १८ औं गभर्नर नियुक्त भएका हुन् ।
गभर्नर सिफारिस समितिले डा. पौडेलका साथै कामु गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराई सिफारिस गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको निकै रस्साकस्सी बिच गभर्नर नियुक्तिमा सहमति जुटेको हो ।
चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल सकिएको हो । उनको कार्यकाल सकिएपछि डा. निलम ढुंगाना तिम्सिनालाई कामु गभर्नर दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्