काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको धेरै काम हुन्छ । त्यसमध्येको प्रमुख काम नोटमा गर्ने हस्ताक्षर पनि हो ।
सरकारले राष्ट्र बैंकको गभर्नरमा डा विश्वनाथ पौडेल नियुक्त गरेको छ । यो सँगै गभर्नर पौडेलले नयाँ नोटमा गर्ने हस्ताक्षरको पनि तय भएको छ । अब राष्ट्र बैंकले छाप्ने नयाँ नोटमा नयाँ गभर्नरको नयाँ हस्ताक्षर हुनेछ ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको करिब डेढ महिना लामो राजनीतिक रस्साकस्सी पछि भएको सहमतिबाट गभर्नरको टुंगो लागेको हो । यो सँगै नयाँ हस्ताक्षरको पनि टुंगो लागेको छ ।
गभर्नर पौडेलको नयाँ नोटमा हस्ताक्षर गर्दा आफ्नो पुरा नाम र थरलाई अण्डरलाई गर्ने छन् । अण्डरलाई मुनी दुई वटा थोप्ला राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्