काठमाडौं । बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज उक्त रकम खिच्न लागेको हो । २१ दिन अवधिका लागि निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी जेठ २८ गते हुनेछ । यसलाई बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने ।
प्रतिक्रिया दिनुहोस्