काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँ कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्