काठमाडौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् । पौडेलले बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिएका हुन् ।
‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ,’ उनले भने । उनले कर्जाको गुणस्तर बढाउने मौद्रिक नीतिले वित्तीय नीतिलाई सघाउने गरी काम गर्ने पनि बताए । उनले विभिन्न सरोकारवालासँग छलफल गरेर निर्णय लिनेसमेत बताए । राष्ट्र बैंककाे ऐनअनुसार काम गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्