काठमाडौं । नवनियुक्त गभर्नर प्रा.डा विश्वनाथ पौडेलले ऐन नियमको अधिमा रहेर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ ध्यान केन्द्रित हुने बताएका छन् । आज पदभारग्रहण पछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सबै नियकासँग समन्वय गरेर अर्थतन्त्रलाई चलाएमा बनाउने बताएका हुन् ।
तत्काल नियम कानु बनाएर तत्कालै लागू गर्नेभन्दा पनि दिर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘एक दिन पहिला पोलिसी बनाएर एकदिन पछि कार्यान्वयन गर्ने भन्दा पनि सबै सरोकारवाला निकायसँग छलफल गरेर अघि बढ्नुपर्छ,’ उनले भने । त्यस्तै नवनियुक्त गभर्नर पौडेलले राष्ट्र बैंकको ऐनअनुसार काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सबै सर्वसाधारणको पैसाको सुरक्षा गर्ने जिम्मेवारी भएकाले सोहीअनुसार काम गर्ने जिम्मेवारी पाएको उनको भनाइ छ । त्यस्तै आफ्नो कार्यकालमा बैंकको क्षमता अभिवृद्धि गर्ने काम पनि प्राथमिकता पर्ने उनले बताए । मौद्रिक नीति र फिस्कल पोलिसीले लिएको लक्ष्य अनुसार काम गर्ने पनि उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्