Skip to content
Prabhu

राष्ट्र बैंकमा नयाँ गभर्नरः दिल खोलेर स्वागत गरे मिश्रले, म्यामको त्यो निराश मुद्रा

काठमाडौं । लामो राजनीतिक रस्साकस्सीका बीच नेपाल राष्ट्र बैंकले अन्ततः गभर्नर पाएको छ ।

करिब डेढ महिना सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको रस्साकस्सीका बीच युवा अर्थशास्त्री, समग्र अर्थतन्त्रको ज्ञाताका रुपमा चिनिएका डा विश्व पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गभर्नरमा नियुक्त गर्यो । सरकारले राष्ट्र बैंक ऐनलाई मिचेर गभर्नर खाली भएको करिब डेढ महिनापछि नै भए पनि गभर्नर नियुक्ति गरेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

राष्ट्र बैंक ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै भावी गभर्नर नियुक्त गर्नुपर्ने हो । राष्ट्र बैंक ऐनलाई मिचेको सरकारले ढिलै भए पनि गभर्नर नियुक्त गरेको छ । गभर्नर डा. पौडेलले बुधबार शपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । बुधबार पौडेलको पदभार ग्रहण गर्ने समयमा राष्ट्र बैंकभित्र केही फरक खालका दृश्य देखिए ।

गभर्नर पौडेल पदभार ग्रहण गर्न नपुग्दै स्वागत गर्न कर्मचारीको ताँती मूल गेटदेखि गभर्नरको कार्यालय भएको भवनसम्म नै थियो । नवनियुक्त गभर्नर पौडेललाई मूल गेटबाट नै कर्मचारीले फूल मालाले स्वागत गरे । नवनियुक्त गभर्नर पौडेललाई स्वागत गर्न सामान्य कर्मचारीदेखि, निर्देशक, कार्यकारी निर्देशक हुँदै डेपुटी गभर्नरसम्म पुगेका थिए । राष्ट्र बैंकमा २ जना डेपुटी गभर्नर छन् । पहिलो तहमा डा. निलम ढुंगाना तिम्सिना र दोस्रोमा बमबहादुर मिश्र ।

यसअघिसम्म कामु गभर्नरको रुपमा रकेही डा. तिम्सिना नवनियुक्त गभर्नर पौडेललाई स्वागत गर्न आउँछिन् कि आउँदिनन् भन्ने सबैको प्रश्न थियो । जब पौडेल राष्ट्र बैंकभित्र गभर्नरको कार्यालयमा प्रवेश गर्ने स्थलमा पुगे । त्यहाँ डेपुटी गभर्नर मिश्र मात्रै देखिए । त्यहाँ सबैको आँखा डा तिम्सिना कहाँ छिन् भन्ने तिर मात्रै थियो । तर, त्यहाँ मिश्र मात्रै देखिए ।

मिश्रले डा. पौडेललाई निकै दिल खोलेर स्वागत गरे । गभर्नर कार्यालय भएको भवनबाट गभर्नरको कार्यकक्षसम्म मिश्रले पौडेललाई साथै लिएर गए । उनी गभर्नर पौडेलले पदभार ग्रहण गर्दा पौडेलको दायाँतर्फ उभिएका थिए । निकै हर्षित मुद्रामा देखिएका मिश्रले नवनियुक्त गभर्नर पौडेलले गरेको पहिलो निर्णयका बारेमा सबैलाई विस्तृतमा आफैंले हाँसी-हाँसी जानकारी गराए ।

यता गभर्नरको तीब्र रेसमा रहेकी पहिलो तहकी डेपुटी गभर्नर तिम्सिना भने गभर्नरको कार्यकक्षको पश्चिमतर्फ निकै निराश मुद्रामा खिन्न मन पारेर बसेकी थिइन्। हुनत आफू पनि गभर्नरको रेसमा भएकाले आफ्नो प्रतिस्पर्धी गभर्नर बनेको भएर पनि उनी खिन्न मन परेर एउटा कुनाको सोफामा बसेको हुनसक्ने धेरैको आकलन थियो ।

सुरुदेखि अन्तिमसम्म एक शब्द पनि कोहीसँग नबोली बसेकी तिम्सिनाले सरकारले गर्ने राजनीतिक नियुक्तिलाई स्वागत गर्नुको विकल्प नभएको केही व्यक्तिले राष्ट्र बैंक भित्रै चर्चा गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्