Skip to content
Prabhu

सेयर बजार घट्दा पनि ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार परिसूचक घट्र कारोबार हुँदा पनि एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ६० पैसाले बढेर ९३१ रुपैयाँ २० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र एनएलजी इन्स्योरेन्स रहेका छन् । आज सिन्धु विकास बैंकको सेयर मूल्य ४४ रुपैयाँ ८१ पैसाले बढेर ९२१ रुपैयाँ ११ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.११ प्रतिशतले धेरै हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज सप्तकोशीको सेयर मूल्य ४१ रुपैयाँ ०२ पैसाले बढेर ९०६ रुपैयाँ ७२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७४ प्रतिशतले धेरै हो । बुधबार साइन रेसुङ्गाको सेयर मूल्य १७ रुपैयाँ ७४ पैसाले बढेर ४३५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.२५ प्रतिशतले धेरै हो । आज एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ४.१२ प्रतिशत अर्थात् ३४ रुपैयाँ १८ पैसाले बढेर ८६२ रुपैयाँ ८९ पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्