काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ अर्ब ५५ करोड रुपैयाँ बराबरको २३ हजार ९ सय ३३ वटा विद्युतीय सवारी साधन आयात भएको छ ।
भन्सार विभागका अनुसार १० महिनाको अवधिमा विभिन्न देशबाट २४ अर्ब ५५ करोड रुपैयाँको २३ हजार ९ सय ३३ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ ।
चैत महिनाको तुलनामा बैशाखमा ३ हजार ३७ वटा बढी विद्युतीय सवारी साधन आयात भएका हुन् । चैतसम्ममा १९ अर्ब ९४ करोड १५ लाख रुपैयाँको २० हजार ८ सय ९६ वटा विद्युतीय सवारी साधन आयात भएको थियो ।
नेपालमा आयात हुने इभीमा सबैभन्दा बढी चीनबाट इभी आयात हुने गरेको छ ।
चीनबाट १४ अर्ब ५८ करोड २६ लाख ७३ हजार रुपैयाँ ५ हजार ४४४ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । यस्तै भारतबाट २ अर्ब १२ करोड ५६ लाख ६२ हजार रुपैयाँको ९४५ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।
नेपालमा चीन भारतका साथै इन्डोनेसिया, दक्षिण कोरिया, जर्मनी, मलेसिया र अमेरिकाबाट इभी आयात हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्