काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ७ वर्ष अवधिका लागि वार्षिक ६ प्रतिशत ब्याज पाइने गरी ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८÷८९’ निष्कासन गर्ने भएको छ ।
बैंकले प्रति एकाई एक हजार रुपैयाँका दरले ५ अर्ब रूपैयाँको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमा ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ छ । बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रूपैयाँको २० लाख कित्ता सर्वसाधारणमा निष्कासन गरिने छ ।
सर्वसाधारणमा निष्कासन गर्ने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन जेठ १८ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिसम्म माग अनुसार आवेदन नपरेमा असार १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।
यसमा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।






प्रतिक्रिया दिनुहोस्