काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी निरन्तरको छलफलबाट नीति बनाउनमा सहयोग पुग्न बताएका छन् । आज संसदको अर्थ समितिको बैठकमा उपाध्यक्ष अधिकारीले त्यस्तो बताएका हुन् ।
परियोजनाका विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सुझाबहरु दिइरहेको र भन्दै निरन्तर छफलको खाँचो रहेको उनको भनाइ छ । परियोजनामा देखिएका समस्याहरुलाई समाधान गर्नेतर्फ पनि छलफलहरु केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
‘यस्ता छलफलहरु नियमित रुपमा हुनुपर्छ । जसले नीति बनाउनमा सहयोग पुग्छ,’ उलने भने, ‘सबै उत्तर मैले दिने त होइन यस्ता बहसहरु निरन्तर हुनुपर्छ र पोलिसीमा राख्न सकिन्छ ।’






प्रतिक्रिया दिनुहोस्