Skip to content

मोबाइलको चोरी पैठारी बढ्यो, ईभीमा ६-६ महिनामा भन्सार परिवर्तन हुँदा समस्याः दिपक मल्होत्रा

nabil bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्राले व्यवसायी वातावरण बनाउका लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् ।

बिहीबार अर्थसमितिको बैठकमा आगामी आवका लागि सुझाव दिँदै स्थिर नीतिको आवश्यक रहेको बताए । मोबाइलमा चोरी पैठारी बढेको मल्होत्राको भनाइ छ ।

‘७.८ प्रतिशत भ्याट हुँदा शून्य चोरी पैठारी थियो’ उनले भने, ‘अहिले १३ प्रतिशत भ्याट र ५ प्रतिशत एक्ट्रा ड्युटि लगाउँदा मोबाइलको चोरी पैठारी बढेको छ ।’ अहिले वर्षेनी ३० अर्ब बराबको मोबाइल अवैधानिक बाटोबाट आइरहेको उनले बताए । यसले गर्दा राज्यको राजस्वमा पनि असर परेको उनले बताए ।

उनले आगामी बजेटमा उत्पादन र कृषि क्षेत्रका लागि पनि बजेटमा ठोस व्यवस्था आवश्यक रहेको उनले बताए । पर्यटन क्षेत्रको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

सवारी साधानको प्रदुषण मापदण्डमा गरिएको व्यवस्थामा विस्तारै सुधार गर्नुपर्ने उनको भनाइ छ ।

३ युरोका गाडि एकै पटक ६ युरोमा आउन नसक्ने उनको भनाइ छ । अहिले ३ युरो रहेको गाडिलाई युरो ४, युरो ५ हुँदै विस्तारै ६ मा पुर्याउनुपर्ने उनले बताए । विद्युतीय गाडीमा ६–६ महिनामा भन्सार परिवतर्न हुने गरेको भन्दै यस्ता विषयमा आगामी आवको बजेटमा यस्ता व्यवस्थाहरुलाई परिवर्तन गर्नुपर्ने उनले बताए ।

जग्गामा लाग्ने रजिष्टेसन दस्तुर पनि निकै महँगो भएको उनले बताए । नेपालमा रजिष्टेसन दर ५ प्रतिशत रहेको भन्दै यो २ प्रतिशतमा कायम गर्नुपर्ने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime