Skip to content

मन्त्रिपरिषद् बैठकको निर्णयः आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने

nabil bank

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसअनुसार तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ लाई सरकारले स्वीकृति दिएको छ ।

मंगलबार जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्ययोजनालाई स्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौँ संशोधन) आदेश २०८२ लाई पनि स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

बैठकमार्फत डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर मा नियुक्त गरेको थियो । साथै, नेपाली सेनाको सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहमा कार्यरत एक जना महासेनानीको कार्यकाल थप गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, सुर्खेत उपत्यका नगर विकास समिति स्वामित्वमा रहेको एक जग्गा कर्णाली प्रदेश सरकारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माण प्रयोजनका लागि प्रयोग गर्न दिने स्वीकृति शहरी विकास मन्त्रालयलाई प्रदान गरिएको छ ।

बैठकले जेठ ११ देखि १९ गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योगमन्त्री दामोदर भण्डारीलाई स्वीकृति दिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime