Skip to content

युनाइटेड सिमेन्ट्सले दियो महिलाहरुलाई नि:शुल्क तीन महिने सिलाई कटाई तालिम

nabil bank

काठमाडौं । के एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिका- ९ को सहकार्यमा ४२ जना स्थानीय महिलाहरूका लागि नि:शुल्क तीन महिने आधाभूत र दुई महिने एडभान्स् सिलाई–कटाई प्रशिक्षण तालिम दिएको छ ।

महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउन यस्तो तालिम दिएको जनाएको छ ।

युनाइटेड सिमेन्ट्सका महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिलेपनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएको जनाए ।

यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्ययाउने बताए ।

धुनिवेशी नगरपालिका- ९ का वडाअध्यक्ष माधव प्रसाद सिलवालले युनाइटेड महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधाभूत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime