Skip to content

राष्ट्रिय आय र औसत उमेरलाई आधार मानेर सामाजिक सुरक्षा भत्ता दिनुपर्छः सांसद थापा 

nabil bank
काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले लहडमा नभई राष्ट्रिय आय र औसत उमेरलाई आधार मानेर सामाजिक सुरक्षा भत्ता निर्धारण गरिनुपर्ने सुझाव दिएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा यस्तो सुझाव दिएका हुन् ।
‘राज्यले नागरिकलाई दिन थालेको सहायता हटाउने होइन, औसत उमेर र राष्ट्रिय आयलाई हेरेर भत्ता निर्धारण गर्नुपर्छ’, उनले भने, ‘दोहोरो भत्ताको सुविधा हटाउनुपर्छ ।’
बैठकमा कांग्रेसका सांसद पूर्णबहादुर तामाङले मुलुकको विकासको अवस्था हेरेर समावेशी र सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँए । उनले आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गरिनुपर्ने बताए ।
सांसद नारायणी शर्माले राज्यको नेतृत्वदायी भूमिका अर्थतन्त्रको विकासमा निजी क्षेत्र सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिइन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime