काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो असार २ गतेका लागि ८ औँ साधारणसभाको मिति तोकेको हो ।
उक्त साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभाले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षकको नियक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गर्ने जनाएको छ । यस हिसाबले जेठ २५ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।







प्रतिक्रिया दिनुहोस्