काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा बैंकलाई ऋणपत्र निष्कासनका लागि अनुमति दिएको छ ।
बोर्डले नेपाल एसबीआई बैंक र शार्इन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डले नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गर्न स्वीकृति पाएको छ । बैंकले ७ प्रतिशत ब्याज दिने जनाएको छ । यसको अवधि १० वर्ष रहेको छ । बैंकले प्रति एकाई एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेन्ट बैंकिग छ ।
बोर्डले साइन रेसुङ्गालाई ८ प्रतिशत ब्याजदर दिने १० वर्षे अवधिको ऋणपत्र निकाष्कासन गर्न अनुमति दिएको हो ।
बैंकले प्रति एकाई एक हजार रुपैयाँका दरले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल छ ।






प्रतिक्रिया दिनुहोस्