Skip to content

हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil bank
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले आगामी बार्षिक साधारणसभाका लागि जेठ ११ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् ।
भोली ९ गते शुक्रबार परेको र १० गते शनिबार परेकाले आजसम्म कायम रहेका सेयरधनीले  मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको लाभांश बाट ४.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीले जेठ २५ गतेका लागि सभा बोलाएको छ । सभाले लाभांशको प्रस्ताव पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime