Skip to content

एनआरएनए एकता महाधिवेशन : एकतामै आरके शर्माले देखाएको उदारता- युवराज शर्मा

युवराज शर्मा
युवराज शर्मा

एनआरएनए एचएलसीले सम्पन्न गरेको एकता महाधिवेशनको जगका बारेमा धेरै टिकाटिप्पणीहरू सकारात्मक र नकारात्मक आफ्नै चस्माले देखे अनुसार गरिएको छ । सुरुवात नगरिकन, पाइला नचालिकन गन्तव्यमा पुग्न सकिँदैन ।

आदरणीय दाइ आर के शर्माले यो एकताको महाधिवेशनमा निर्वाचनमा आफू भाग नलिएर सर्वसम्मत बनाउनको निमित्त यति लामो एनआरएनएको सक्रिय सामाजिक समयलाई एकताको निमित्त आफ्नो तीव्र इच्छा चाहना हुँदाहुँदै पनि एकतामै बल हुन्छ भनेर सहयोग गरेर एकतातर्फ पाइला चाल्नुभयो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो निर्णय लिन त्यति सजिलो पक्कै थिएन तर पनि आफूले मात्रै सम्हाल्दा या आफूसँगै धेरै साथीहरुले सम्हाल्दा को परिणाम यहाँहरूप्रति प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोगका लागि आभार व्यक्त गर्दछु । सामाजिक सञ्जालमा देखिएको आफ्नो चस्मारूपी नजरलाई मेरो भन्नु केही छैन ।

चाहँदा नचाहँदै र होइन होइन, नाई नाई भन्दाभन्दै पनि एनआरएनएमा नेपालको राजनीतिको प्रत्यक्ष असर तथा हस्तक्षेप विविध रूपमा रहिआएको सबैलाई जानकारी नै छ । तर, पनि नेपाल बाहिरको नेपाल बनाउनको निमित् धेरै नेपालीहरूले प्रत्यक्ष रूपमा विभिन्न संघ संस्थाबाट सहयोग सद्भाव र संलग्नता गरिरहनुभएको छ ।

हरेक क्रियाको पछाडि आफ्नो नजरअन्दाजले गरिने विश्लेषणलाई आफैंले बुझ्दा राम्रो हुनेछ । यसै सन्दर्भमा म एक किस्सा पनि बताउन चाहन्छु । यो एकताको महाधिवेशनमा आरके शर्माले चुनावमा भाग नलिनुभएको मात्रै हो। तर, एकताको मर्म एकताको भावना र समग्र गैरआवासीहरूको हितको निमित्त आफूले एक पाइलापछि सार्दा धेरै कुरामा सहजता हुन्छ भन्ने तवरबाट बृहत् छलफलपछि बृहत् सद्भावपछि यो नयाँ क्रियाशील टिमको छनोट भएको छ ।

के एनआरएन निर्वाचन अत्यन्तै जरुरी हो र के बिना निर्वाचन बिना मनमुटाव सबै जना मिलेर अगाडि बढ्न नसकिने हो र विभिन्न आर्थिक विषयका पाटाहरू पनि केलाइएको सामाजिक सञ्जालमा पाएको छु। तपाईंले सोचेजस्तो तपाईँले भनेजस्तो सित्तैमा पाइने भनेको अक्सिजन मात्रै हो । र, त्यो पनि आफ्नो उमेर बढ्दै गएपछि त्यसको लागि पनि सहाराका मेसिनहरु लिनुपर्ने हुन्छ।

यो एकताको महाधिवेशनमा आरके शर्माले चुनावमा भाग नलिनुभएको मात्रै हो । तर, एकताको मर्म एकताको भावना र समग्र गैरआवासीयहरूको हितको निमित्त आफूले एक पाइलापछि सार्दा धेरै कुरामा सहजता हुन्छ भन्ने तवरबाट बृहत् छलफलपछि बृहत् सद्भावपछि यो नयाँ क्रियाशील टिमको छनोट भएको छ 

चुनावी इतिहासमा आजसम्म कहिले पनि नहारेको कहिले पनि हार बेहोर्नु नपर्नेको आदरणीय आर्के शर्मा मेरो दाइले यो पटकको निर्वाचन या भनौं महाधिवेशनमा पनि बृहत् तयारी गरिएको कुरा यहाँहरुलाई जानकारी पक्कै पनि ७०/३० या ६०/४० जे भए पनि त्यो विभाजनभन्दा त टोटल १०० प्रतिशत नै बलियो हुँदैन र कि हजुरको क्यालकुलेटरले त्यस्तो हिसाब गर्न जानेको छैन ।

बुबाको पालादेखि नशा नशामा रहेको सामाजिक भाव दाइ आरके शर्मा पनि पूर्ण रुपमा रहेको छ । उहाँको यात्रा टुङ्गिएको कदापि होइन। अझ बढी फैलिएको छ अझ बढी बृहत हुँदै गएको छ । यो कुरा यहाँहरुले बिस्तारै महसुस गर्दै जानुहुनेछ ।

सामाजिक काममा लगाएको समय व्यक्तिगत काम या व्यापार व्यवसायमा लगाउनुभएको भए आज त्यसले अलगै उचाइ पाउँथ्यो होला । तर, पनि उहाँमा कति पनि त्यस्तो सोचाई नभइकन सामाजिक भावलाई सामाजिक जरुरीलाई सामाजिक सोचलाई सँगै लैजानुपर्छ भन्ने सोचको २०२३ मा भएको महाधिवेशनमा पनि त यहाँहरुले नै कानेखुसी भित्रियास खुसी यस्तै यस्तै प्रत्यक्ष राजनीतिक असरले गर्दा नै मिल्न नदिएको कुरा बिर्सिनुभयो ।

यो एकताको महाधिवेशनमा साथीहरुले विश्लेषण गर्दै हुनुहुन्छ । मनगणन्त्य रूपमा यति थोरै डेलिगेट, यति थोरै मेम्बरसिप र यी सारा कुराहरु अनि कसरी समेटियो त अनि कसरी एकताको कुरा भयो त भनेर यदि हजुरहरू एनआरएन बुझ्नुहुन्छ भने पक्कै पनि यहाँलाई स्मरण छ होला आइसिसीको निर्वाचन भन्दा पहिला सबै एनसीसीहरूले आफ्नो कार्यसमिति चयन निर्वाचन प्रक्रिया सफल पार्नुपर्ने हुन्छ ।

सोही अनुरुप हरेक एमसीसीले आफैमा त्यहाँ भित्र रहेका प्रतिस्पर्धी साथीहरूले आफू निर्वाचनमा जानको निमित्त आफ्नो बल तयार गर्नको निमित्त सकेजति तयारी गरेर सकेसम्म धेरै मेम्बर बनाउने मेम्बर बनाउने चलन छ ।

आइसिसीको निर्वाचन भन्दा पहिला सबै एनसीसीहरूले आफ्नो कार्यसमिति चयन निर्वाचन प्रक्रिया सफल पार्नुपर्ने हुन्छ

यो कुरा सोहीअनुरूप नै हरेक एनसीसीमा त्यहाँको भूगोल त्यहाँको परिवेश र त्यहाँ रहेका नेपालीहरूको परिस्थिति र स्थिति अनुसारको मेम्बरसिपको सङ्ख्या हुने गर्थ्यो र सोही संख्याको आधारमा र आइसीसीको नियम अनुसारको आधारमा नेपालमा आइसिसीमा निर्वाचनमा सहभागी हुन पाउने नम्बर र नाम छनोट हुने गर्थ्याे ।

त्यसरी छनोट हुँदा पनि लगभग १ लाखको हाराहारीमा मेम्बरसिप बनेका थिए। तर, अहिलेको सिनारियो भने फरक थियो सिधै माथिल्लो तहको मात्रै निर्वाचन हुने या भनौं एकताको महाधिवेशन हुने भएकाले केन्द्रीय तहमा निर्वाचनमा सम्भावित नेपालीहरूले आफ्नो मेम्बरसिप भर्नुभएको थियो ।

सोही अनुरुप डेलिगेटको रुपमा र सोही अनुरुप मतदाताको रुपमा परिणत हो पक्कै पनि एचएलसी कमिटीले गरेको एकताको महाधिवेशनमा इन्टर्नल एडमिनका पार्टहरुमा केही कमीकमजोरी र त्रुटिहरू पक्कै पनि भएका छन् ।
तर, पनि त्यस्तो ठूलो र अराजक त्रुटि भने कति पनि भएको छैन ।

अहिले एनआरएनएलाई अझै मजबुत बनाउँदै लैजानका लागि बद्री केसी समूहलाई छोड्न मिल्दैन । सँगसँगै लैजान आवश्यक छ । सबैलाई सँगै समेटेर लैजान सक्यो भने अवश्य नै एकताले सार्थकता पाउँछ । बलियो एनआरएन हुन्छ । आरके शर्माको जोड पनि यसैमा हो ।

काममा समयअनुसार सूचना प्रवाह गर्न नसक्नु आएका डेलिगेटहरूको कार्ड बनाउनको निमित्त अलिकति झन्झटिलो प्रक्रिया रहनु अनि फेरि पनि त्यही एनालग प्रविधिबाट फोटो खिचेर टाँसिनु जस्ता लगायतका केही कुराहरुमा एसएलसीले अलि बढी ध्यान दिएको भए राम्रो हुन्थ्यो ।

त्यही पनि एसएलसीका संयोजक आदरणीय दाइ डाक्टर शेष घलेलगायत सम्पूर्ण हाइ लेभल कमिटीमा रहनुहुने र हाई लेभल कमिटीमा रहेर प्रत्यक्ष सक्रिय रुपमा संलग्न रहनुहुने यहाँहरु सम्पूर्णप्रति आभार व्यक्त गर्दछु ।

(लेखक युवराज शर्मा कतारमा बस्छन् । उनी एनआरएनएका अभियन्ता हुन् ।)

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्