काठमाडौं । आजको सेयर कारोबार जारी रहँदा बाराही हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र सेयर बजार परिसुचक बढेर कारोबार हुँदा पनि यो कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ११३ रुपैयाँ ३४ पैसाले घटेर १ हजार २१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिमा समग्र सेयर बजार परिसूचक भने ३४ दशमलव ४४ अंकले बढेर २७०३ दशमलव ९५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब ६६ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्