Skip to content

डाइनामिक ब्रोकर डीजीहबको एयर ट्रेडमा जोडियो, लगानीकर्ताले नयाँ टीएमएस पाउने

काठमाडौं । डाइनामिक ब्रोकर (ब्रोकर–४४) एयर ट्रेडमा जोडिएको छ । टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले टीएमएसलाई जोडेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गनको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आइतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्ने जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

इनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आइबारदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जनाएको छ ।

हाल डाइनामिक ब्रोकरमा करिब ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आइबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको जनाएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम एक दर्जन बिशेषतहरु रहेको जनाइएको छ । यो मोबाईल भर्सन, वेब भर्सन, डेस्कटप भर्सनमा रहेको छ । यस्तै सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेसको लागि ब्रोकरलाई भनी राख्नु पर्र्दैन । आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने छ ।

एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने छ भने अर्डर बास्केट, आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने छ । रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने छ । ७ सजिलो र छिटो अर्डर राख्न सकिने, आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने छ ।

लिन्क एन्ड डक फिचर्स भएको, मल्टी विन्डो फिचर्स भएको, मल्टी एक्सचेन्ज फिचर्स भएको, सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था रहेको जनाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्