काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा बाराही हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १०२ रुपैयाँ १० पैसाले घटेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा ९.९९ प्रतिशतले घटेर ९१९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अवधिमा समग्र नेप्से परिसूचक भने १ दशमलव ९१ अंकले बढेर २६९० दशमलव ४७ विन्दुमा पुगेको छ । यो अवधिसम्मको कारोबार जारी रहँदा सेयर बजारमा २ अर्ब माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्