Skip to content

सहकारी नियमन प्राधिकरणमा अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि दरखास्त आव्हान

nabil bank

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । अध्यक्ष र विज्ञ सदस्य नियुक्ति गर्न गठित सिफारिस समितिले आज दरखास्त आव्हान गरेको हो ।

‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र बिज्ञ सदस्य पदमा नियुक्तिको लागि सिफारिससम्बन्धी मापदण्ड २०८२’ अनुसार योग्य व्यक्तिले आवेदन दिन सक्नेछन् ।

समितिका अनुसार अध्यक्षका लागि अर्थशास्त्र, वाणिज्य, ब्यावस्थापन, लेखा, कानून वा सहकारी बिषयमा कम्तीमा स्नाकोत्तर हासिल गरि नेपाल सरकारको राजपत्राङ्कित बिशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रहि कम्तीमा १५ वर्ष अनुभव भएको हुनुपर्नेछ ।

विज्ञ सदस्यका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तिय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य अनुभव भएको हुनुपर्ने छ ।

आबेदन दिने चाहने व्यक्ति ६० बर्ष उमेर पूरा नभएको हुनुपर्नेछ । इच्छुकले १५ दिन भित्र आबेदन दिइसक्नु पर्ने छ । आवेदकले राष्ट्रिय सहकारी नियमन प्राधिकरण, हरिहरभवन, पुल्चोक, ललितपुरमा आवेदन दिनुपर्ने छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime