Skip to content

गभर्नर पौडेल र नेप्सेका सीईओ चापागाईंबीच भेट, सेयर बजार सुधारमा छलफल

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ र नेपाल राष्ट्र बैंकका गभर्नरबीच आज भेटवार्ता भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलसँग नेप्सेका सीईओ चापागाईंले सेयर बजारको सुधार र विकासका विषयमा छलफल गरेका हुन् ।

उक्त भेटमा समसामयिक विषयमा छलफल भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । पुँजी बजारलाई चलायमान बनाउँदै नयाँ उचाइमा पुर्याउनका लागि गर्न सकिने कामका विषयमा छलफल भएको उनले बताए । त्यस्तै पुँजी बजारको पुनर्संरचना, लगानीकर्ताको सुरक्षा लगायतका विषयमा पनि छलफल भएको पराजुलीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime