Skip to content

थाइल्यान्डबाट ५ किलो गाँजा बोकेर आएका २ भारतीय विमानस्थलबाट पक्राउ

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डबाट गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३० वर्षीय मोहम्मद अस्राफ मुहम्मिद र २३ वर्षीय मोहम्मद सफ्भान कक्काटी छन् । उनीहरूलाई विमानस्थलबाट प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो ।

अस्राफको साथबाट ३ किलो ४४० ग्राम र सफ्भानको साथबाट १ किलो ६५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरू थाई एयरलाइन्सको उडानबाट आइतबार काठमाडौं आएका थिए ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime