Skip to content

दुर्गा प्रसाईंविरुद्ध ७ करोड बिगो दाबी सहित बैंकिङ कसुरमा पनि मुद्दा चल्ने

nabil bank

काठमाडौं । दुर्गा प्रसाईँ विरुद्ध बैंकिङ कसुरमा पनि मुद्दा चल्ने भएको छ । आइतबार बैंकिङ कसुरमा ७ करोड रुपैयाँभन्दा बढीको बिगो माग दाबी गर्नुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यायलमा पठाएको हो ।

सीआईबले प्रसाईंबिरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको भए पनि कुनै प्रमाण फेला नपरेपछि मुद्दा नचलाउने निर्णय गरेको हो । तर, प्रसाईंले विभिन्न परियोजनामा लिएको कर्जा सम्झौता विपरित खर्च गरी दुरुपयोग गरेको आरोप छ । प्रसाईंका विभिन्न कारोबार र कम्पनीमार्फत भएको कारोबारको समेत अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण भएको प्रमाण नभेटिएपछि बैंकिङ कसुरमा मात्रै मुद्दा चलाउन सरकारी वकिललाई राय दिइएको छ । मेडिकल कलेज, क्यान्सर अस्पताल लगायतका परियोजनामा लिएको कर्जा भने कर्जाको प्रयोजन विपरित दुरुपयोग गरेको पाइएको सीआईबीले जनाएको छ । यसरी कर्जाको दुरुपयोग गरेको पाएइपछि बैंकिङ कसुरमा मुद्दा चल्ने भएको हो ।

प्रसाईंले एउटा कर्जाको ब्याज तिर्न अर्को कर्जा प्रयोग गर्ने अभ्यास गरेको समेत पाइएको छ । झापामा निमार्णाधीन होटल, झापाकै बी एण्ड सी मेडिकल कलेज र झापाकै पूर्वाञ्चल क्यान्सर अस्पतालमा बैंकहरुले करिब ७ अर्ब रुपैयाँ लगानी गरेका छन् । पछिल्लो पटक बैंकहरुले २०८१ असारमा अदालतको आदेशअनुसार नियामकीय व्यवस्था पूरा गरी ब्याज पुँजीकरण गरे पनि त्यसपछि प्रसाईंका ३ वटै परियोजनाको ब्याज भुक्तानी भएको छैन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime