काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक (बाफिया) का सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल जारी राखेको छ ।
आज सोमबार पनि अर्थ समितिमा बाफियाका विषयमा विज्ञ र सांसदबीच लामो समय छलफल भयो । त्यस क्रममा सबैले आ–आफ्नो धारणा राखे ।
छलफलमा एउटा बैंकरलाई ट्वाइलेट जान पनि राष्ट्र बैंकलाई सोध्नु पर्ने अवस्था रहेको बताए । यो सम्मको नियमन हुने उनको भनाइ छ । के कुरालाई नियमन गर्ने र के कुरा बैंकहरुलाई स्वतन्त्र बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।
।
‘बैंक भनेको ग्रोथको इन्जिन नै हो । के गर्यो भने अर्थतन्त्र चलायमान हुन्छ भन्ने तिर सोच्नुपर्छ । जुन बैंकमा राम्रो स्वामित्व रहेकाहरु बोर्डमा बस्दैनन् । प्रोफेसनलाई राखेर चलाएका छन् । ती बैंकहरु अब्बल रुपमा चलिरहेका छन् । यस्ता पनि बैंकहरु पनि छन् । जसमा कुनै निजी क्षेत्रको व्यवसायको पुँजी छैन र उनीहरु नै सबैभन्दा बढी भ्रष्ट भइरहेका छन्’ उनले भने, ‘सबैभन्दा बढी एनपिए भएका बैंकहरु पनि यस्ता नै छन् । व्यापारिको लगानी बैंकमा हुँदा त्यो बिग्रिने र सर्पिने भएको भए उद्योगी व्यवसायीको लगानी भएका बैंकहरु एकठाउँमा उभिनु पर्ने थियो । त्यस्तो लगानी नभएका बैंकहरु अर्को ठाउँमा उभिनु पर्ने थियो ।’
बैंकहरुमा स्वतन्त्र सञ्चालकको बहुमत हुनुपर्छ भन्नेमा आफु सहमत रहेको बताए । ‘स्वतन्त्र भन्दैमा देखाउनका लागि मात्रै भन्दा पनि त्यसका लागि क्षमतावान पनि हुनुपर्ने हुन्छ । बैंक बुझेको पनि हुनु परो । यस्तो क्षमता भएका व्यक्तिहरु पनि बजारमा रहेको छन् । बैंकहरुले उनीहरुलाई खोजेर ल्याएर काम गराउनु परो । आफै किन बस्नु परो र ? बैंकको बोर्ड संरचनाका विषयमा छलफल गर्न सकिन्छ । होइन भने यो फजुलको डिस्कसन मात्रै हो’ उनले भने ।
लगानीकर्ता को ? बैंकर को ? लगानीकर्ताको नाममा छद्म भेषी लगानीकर्ताहरु पो छन कि ? ‘कतिपय नेपालका व्यापारहरु छद्मरुपी लगानीकर्ताहरुले चलाइरहेका छन् भन्ने सबैलाई थाहा छ । यसलाई कसरी रोक्नुहुन्छ ? यो कुन बाफियाबाट रोक्नु हुन्छ ? उनले प्रश्न गरे ।
छलफलका क्रममा सांसद बिनाद चौधरीले पनि आफ्नो अन्य धारणा पनि राखे । उनै सांसद चौधरीले समितिमा राखेका धारणालाई हामीले एआई प्रयोग गरेर उक्त छलफल यहाँ प्रस्तुत गरिएका छौं ।






प्रतिक्रिया दिनुहोस्