Skip to content

मौद्रिक नीतिको समीक्षाबाट सेयर लगानीकर्ता उत्साहित, बजारमा लगानी बढ्ने विश्वास

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर बजारप्रति खुकुलो नीति लिएको छ ।

यसअघि सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकमा आएका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिएको नयाँ र खुकुलो नीतिले बजारप्रति लगानीकर्ता उत्साहित भएका छन् ।

लगानीकर्ताले विगत लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्न माग गर्दै आएका थिए । नवनियुक्त गभर्नर पौडेलले आफ्नो कार्यभार सम्हालेको एक साता हुन नपाउँदै लगानीकर्ताको माग पूरा गरेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरेको छ ।

यो व्यवस्थाले सेयर बजारका लगानीकर्ताहरु निकै उत्साहित देखिएका छन् । अव्यावहारिक रहेको उक्त व्यवस्थामा गरिएको परिमार्जनले सेयर बजारमा थप लगानी भित्रिने र बजारमा यसको सकारात्मक प्रभाव पर्ने लगानीकर्ताहरुको दाबी छ । सेयर बजार आफैंमा भावनात्मक हुने भएकाले केन्द्रीय बैंकको जोखिम भार १०० प्रतिशत कायम गर्ने निर्णयले बजारमा सकारात्मक सन्देश गएको छ ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट राष्ट्र बैंकको यो सुधारको नीतिले बजार सकारात्मक सन्देश जाने बताउँछन् । ‘एकै पटक सबै आउनेभन्दा पनि विस्तारै आउँदा लगानीकर्ताहरु उत्साहित हुन्छन्’ उनले भने, ‘नयाँ गभर्नरले बोलेको कुरालाई व्यवहारमा पनि लागू भएको छ ।’ यसले लगानीकर्ताको मनोबल पनि बढाउने उनको बुझाइ छ ।

यता नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल राैनियारले राष्ट्र बैंकको यो व्यवस्थाले बजारमा लगानी वृद्धि हुने र सकारात्म प्रभाव पर्ने बताउँछन् । ‘बैंकलाई कुनै पनि समस्या नभएको अवस्थामा पनि केन्द्रीय बैंकले यो व्यवस्था लागु गरिरहेको थियो अहिले हटाएको छ । यसले बजारमा लागनी भित्रिन्छ,’ उलने भने । बजारको विकासका लागि लगानीकर्ताको तीनवटा माग भए पनि त्यसमध्ये एउटा माग जोखिम भार हटाउनुपर्ने भन्ने रहेको बताए । त्यो सम्बोधन भएकाले अब बजारले सकारात्मक प्रभाव देखाउने उनको दाबी छ ।

बैंकहरुमा जोखिम मार्जिनमा १२५ प्रतिशत हुँदा ४०–५० अर्ब रुपैयाँ राख्नुपर्ने अवस्था हुन्थ्यो अब त्यो ४०–५० अर्ब रुपैयाँ थप लगानी गर्न सकिने अवस्था हुने उनको भनाइ छ । यसले बजारमा थप २५ अर्ब लगानी थपिने उनको बुझाइ छ ।
गभर्नरको नयाँ नीतिले बजार बढ्न हुुँदा लगानीकर्ताले मात्रै नभएर राज्यले पनि धेरै पुँजीगत लाभकर पाउने उनको भनाइ छ ।

पुँजीबजारबाट बैंकमा कुनै पनि समस्या नभएको उनले बताए । ‘हाम्रो सम्पत्ति त्यहाँ छ चाहेको अवस्थामा ३ दिनभित्र बिक्री गर्न सक्छ,’ उनले भने, ‘लगानीकर्ताले मार्जिनल कल नदिएको अवस्थामा तुरुन्तै बिक्री गर्न सक्छ । यो घरजग्गा जस्तो होइन ।’ गाडीको आयर पचेचमा १०० प्रतिशत मार्जिन रहेको अवस्थामा सेयर बजारको मार्जिन १२५ प्रतिशत आफैंमा अवैज्ञानिक रहेको रौनियारको भनाइ छ ।

बैंकहरुमा प्रशस्त पैसा रहेको अवस्थामा लगानी गर्ने र बजार मैत्री नीति लिइयो भने बजारले टेवा दिने उनी बताउँछन् । बैंकले पनि सहज रुपमा पैसा लगानी गर्न पाउने भए । अनि लगानीकर्तामा उत्साह हुन्छ । पोलिसी राम्रो बनाइयो भने बजार आफै सकारात्मक बन्ने उनको भनाइ छ । ‘केन्द्रीय बैंकले सेयर बजारलाई कक्रे नजरले हेर्न हुँदैन’ उनले भने ।

नेपाल लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेलले यो नीतिले बजार सकारात्मक बन्न सहयोग पुग्ने बताए । सेयर धितोकर्जाको जोखिम भार घटाउँदा बैंकलहरुले सेयर धितोमा दिने कर्जा पनि सहज रुपमा उपलब्ध हुने उनको भनाइ छ ।

यसबाट लगानीकर्ताको मनोबल पनि बढ्ने उनी बताउँछन् । विदेशी विनियम सञ्चिति मजबुद र मुद्रास्फीति नियन्त्रणमा रहेको अवस्थामा यो नीतिले बजारमा सकारात्मक प्रभाव पर्ने र समग्र अर्थतन्त्रप्रति विश्वास बढ्ने उनले बताए ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षाबाट १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा कायम गर्दा सेयर बजारमा जोखिम छैन भन्ने देखिएको लगानीकर्ता गोपाल स्वामीको भनाइ छ । बैंकमा प्रशस्त तरलता हुँदा पनि १२५ प्रतिशतको जोखिम भार कायम राखि राख्नुपर्ने जरुरी नरहेको र त्यो व्यवस्था हटाउँदा लगानीकर्तामा उत्साह थपिएको उनले बताए ।

लामो समयका लागि गर्नुपर्ने नीतिगत सुधार केही नभए पनि राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको व्यवस्थाले बजारमा तत्काल सकारात्मक प्रभाव देखिने नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ।

‘फन्डामेन्टल केही नभए पनि बजार भावनात्मक कुराले पनि प्रभावित हुने भएकाले राष्ट्र बैंकको यो परिमार्जनले बजारमा केही समयका लागि राम्रो प्रभाव देखिन्छ,’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime