Skip to content

शंशाक विरुद्ध बजगाईँको आरोपः किया महिन्द्रा, रोलेक्स र पैसाले भरिएको महँगो ब्याग दिएको बिर्सनुभयो?

nabil bank

काठमाडौं । कांग्रेस सांसद तथा व्यवसायी राजेन्द्र बजगाईँले कांग्रेसका पूर्व महामन्त्री एवं सांसद शंशाक कोइरालालाई घुस दिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा फोटो सहित बजगाईँले शंशाकलाई एउटा किया र महिन्द्रा एसयुभी गाडी, रोलेक्स घडी, पैसाले भरिएको महँगो ब्याग लगायतका बहुमूल्य उपहार दिएको स्मरण गराएका छन् । उनले ती उपहारबारे पनि शंशाकसँग स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् ।

“म चाहँदैनथेँ कि मलाई किया र दुईवटा महिन्द्राजस्ता एसयूभी उपहारहरू, रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित घरको जीर्णोद्धार वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनुपरोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,”— नेता बजगाईँले भनेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime