Skip to content

सेयर बजार घटेको दिन गुराँस लघुवित्तमा नकारात्मक सर्किट

nabil bank

काठमाडौं । सोमबार सेयर बजार परिसूचक सामान्य अंकले घटेर कारोबार बन्द भयो । अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन गुराँश लघुवित्तको सेयर मूल्यमा भने नकारात्मक सर्किट नै लागेको छ ।

आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २९५ रुपैयाँ ९२ पैसाले घटेर २ हजार ६६३ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज बराही हाइड्रोपवारको सेयर मूल्य पनि ९३ रुपैयाँ ८२ पैसाले घटेर ८५८ रुपैयाँ ७५ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.८५ प्रतिशतले कम हो ।

त्यस्तै आज एनआईसी एशिया डिबेन्चर २०८५÷८६ को सेयर मूल्य पनि ५.५२ प्रतिशत अर्थात् ६३ रुपैयाँ ८० पैसाले घटेर १ हजार ९१ रुपैयाँ २० पैसा पुगेको छ । सोमबार अभियान लघुवित्तको सेयर मूल्य ४२ रुपैयाँ २७ पैसाले घटेर १ हजार ३६ रुपैयाँ २३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.९२ प्रतिशतले कम हो । आज नापेड लघुवित्तको सेयर मूल्य पनि ३२ रुपैयाँ ७९ पैसाले घटेर ८६४ रुपैयाँ ८९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.६५ प्रतिशतले कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime