काठमाडौं । सोमबारको सेयर कारोबार बन्द हुँदा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य ११२ रुपैयाँ ६० पैसाले बढेर १ हजार २३९ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, कृषि विकास बैंक डिबेन्चर २०८३, उन्नति सहकार्य लघुवित्त र एनआइएमबी डिबेन्चर २०९० रहेका छन् । आज उपकार लघुवित्तको सेयर मूल्य २१७ रुपैयाँ ८८ पैसाले बढेर ३ हजार ७३८ रुपैयाँ २९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.१९ प्रतिशतले धेरै हो ।

त्यस्तै आज कृषि विकास बैंकको डिबेन्चरको सेयर मूल्य ४.९८ प्रतिशत अर्थात् ५२ रुपैयाँ ८२ पैसाले बढेर १ हजार ११३ रुपैयाँ २० पैसा पुगेको छ । आज उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ८३ रुपैयाँ ६९ पैसाले बढेर २ हजार २३ रुपैयाँ ९९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३१ प्रतिशतले कम हो । आज एनएमबि डिबेन्चरको सेयर मूल्य ३.९७ प्रतिशत अर्थात् ४६ रुपैयाँ ५० पैसाले बढेर १ हजार २१७ रुपैयाँ ५० पैसा पुगेको छ ।






प्रतिक्रिया दिनुहोस्