२ वर्ष पहिले ड्राफ्ट गरिएको बाफियाको कन्टेन्ट र आजको कन्टेन्ट हेर्ने हो भने व्यापक परिवर्तन आएको छ । राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ । अहिले बैंकमा अधिक तरलता छ । पैसा लिन कोही पनि तयार नभएको कुरा पनि सुनिन्छ । अपवाद बाहेक ६० प्रतिशत मार्केट क्वीज भएको छ ।
डिमान्ड क्वीज भएको छ । यो विषयमा धेरैका धेरै धारणाहरु छन् । ८०–९० लाख मानिस बाहिर गए त्यसैले बजार क्वीज भयो भन्नेहरु पनि छन् । मानिसको हातमा पैसा गएन भन्नेहरु पनि छन् ।
अहिले आयोजनाहरु अघि बढेनन् । आयोजनाका बिलहरु अघि बढ्न सकेनन् । त्यसले पैसा बजारमा गएन । सबै भन्दा फण्डामेन्टल कुरा के होभन्दा हामीले अहिले खोजेको के हो ? के अहिलेको अर्थतन्त्रलाई थप संकुचन नै गर्ने हो ? यो त पक्कै पनि होइन होला जस्तो लाग्छ मलाई । यसलाई विस्तार गर्नुपर्छ भन्ने नै होला राष्ट्र बैंकको पनि ।
राष्ट्र बैंकमा नयाँ नेतृत्व आएपछि सेयर धितोमा जाने मार्जिन कर्जामा लचकता अपनाएको छ । यो सांकेतिक रुपमा हो । यो शाखारहित बैंक र डिजिटल बैंकिङकाे जमाना हो । मोबाइलबाट सबै भुक्तानी गर्ने जमानामा हामीहरु बाफियाका विषयमा छलफल गरिरहेका छौँ ।
जुन ट्रेनमा विश्व गइरहेको छ, आर्थिक क्षेत्र अघि गइरहेको छ । हामीहरु त्यता तिर जानका लागि र रि–फर्म गर्नका लागि यसलाई फराकिलो बनाउन छलफल हुनुपर्छ। अहिले सबै छलफलहरु एउटा बैंकर व्यवसाय हुनुहुन्छ कि हुदैन ? एउटा व्यवसाय बैंकर हुनु हुन्छ कि हुन्दैन ? भन्ने ठाउँमा पो पुगेको म महसुस गरिरहेको छु।
हाम्रा साना, मझौला, एसएमईजमा, उपयुक्त मानिसको हातमा लिक्युटिटी गइरहेको छैन । सबैभन्दा बढी एनपिए उनीहरुकै छ । सबैभन्दा चिन्ताको विषय यो हुनु पर्ने थियो । १० वर्षको अवधिमा नयाँ उद्योगी जन्मिउन भनेर सरकारले विभिन्न योजनाहरु ल्यायो ।
बिउ पुँजी, स्टाटप भनौँ भन्चर क्यापिटल भनौँ । यी सबै कार्यक्रमहरु सफल भएको देखिदैन् । योजना अयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म त्यो कार्यालय बस्यो । राष्ट्र बैंकले हरेक शाखाले कम्तिमा १० वटा नयाँ उद्योमी जन्माउनु पर्यो र त्यसका लागि कम्तिमा १० लाख देखि ३० लाख पुँजी दिनु पर्यो भन्ने पोलिसी पनि ल्यायो ।
निकै राम्रो पोलिसी हो । यो बैंकिङ क्षेत्रको एउटा उद्यमी जन्माउने कार्य पनि हो । अधिकांश बैंकहरुले भइरहेका खाताहरुलाई त्यसलाई क्वालिफाइड गर्ने नभए पेनाल्टी तिर्ने लाइनमा गए । दिनमा ३ हजार युवा विदेश गइरहेको अवस्थामा उनीहरुलाई थाम्ने भनेको हातमा पुँजी जाने बाटो के त ? सोच्नु पर्ने बेला भएन र ? कृषि क्षेत्रमा फण्डिङ गर्नुपर्ने हुन्छ ।
एउटा बैंकरलाई ट्वाइलेट जानलाई पनि राष्ट्र बैंकलाई सोध्नु पर्ने अवस्था छ । यो सम्मको नियमन बैंकमा हुन्छ । के कुरालाई नियमन गर्ने र के कुरा बैंकहरुलाई स्वतन्त्र बनाउनेतर्फ ध्यान दिनुपर्छ
कृषिलाई बढाउने काम गर्नुपर्छ । ६० प्रतिशत जनता कृषिमा लागेका छन् । खेत बाँझै छन् । जीडिपिमा योगदान पनि कम हुँदै गएको छ । बैंक भनेको ग्रोथको इन्जिन नै हो । के गर्यो भने अर्थतन्त्र चलायमान हुन्छ भन्ने तिर सोच्नुपर्छ । जुन बैंकमा राम्रो स्वामित्व रहेकाहरु बोर्डमा बस्दैनन् । प्रोफेसनलाई राखेर चलाएका छन् । ती बैंकहरु अब्बल रुपमा चलिरहेका छन् । यस्ता पनि बैंकहरु पनि छन् । जसमा कुनै निजी क्षेत्रको व्यवसायको पुँजी छैन र उनीहरु नै सबैभन्दा बढी भ्रष्ट भइरहेका छन् । सबैभन्दा बढी एनपिए भएका बैंकहरु पनि यस्ता नै छन् । व्यापारीको लगानी बैंकमा हुँदा त्यो बिग्रिने र सर्पिने भएको भए उद्योगी व्यवसायीको लगानी भएका बैंकहरु एकठाउँमा उभिनुपर्ने थियो । त्यस्तो लगानी नभएका बैंकहरु अर्को ठाउँमा उभिनुपर्ने थियो ।
यहाँ कथा त उल्टो भइरहेको छ । पहिले विश्व बैंकको फण्डबाट बैंकहरुलाई सफा गर्ने काम त भयो । अहिले फेरि के अवस्था छ भनेर नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको एनपिए हेर्ने हो भने त्यसको अवस्था के आउने हो त्यो विज्ञहरुले भन्ने कुराभयो ।
हामीहरु कानुन बनाउनेहरुले हेर्ने कुरा के हो भने बैंकहरुले ऋण कसरी दिइरहेको छ । कुन सिस्टममा दिइरहेको छ । सहजै पैसा दिन सक्ने अवस्था छ ? कुनै व्यक्ति बोर्डमा बस्न वित्तिकै आफैंले आफैंलाई पैसा दिन सक्छ त ? बैंकको सेयर होल्डर भएकै कारण घुमाएर अर्को बैंकलाई तिमिले पैसा देउ भन्दैमा दिन्छ त ?
एउटा बैंकमा समस्या हुन वित्तिकै सबै बैंकिङ सिस्टम नै ब्याललिस्ट हुन्छ । मतलब हाम्रो नियमनको कुरा गर्ने हो भने हामीले विश्वमा नै उदाहरणीय बनाउन सकिन्छ । मैले यसअघि पनि भनेको थिएँ कि एउटा बैंकरलाई ट्वाइलेटट जानलाई पनि राष्ट्र बैंकलाई सोध्नु पर्ने अवस्था छ । यो सम्मको नियमन बैंकमा हुन्छ । के कुरालाई नियमन गर्ने र के कुरा बैंकहरुलाई स्वतन्त्र बनाउने तर्फ ध्यान दिनुपर्छ । अहिले लगानी भइरहेको छैन । मानिसको मनोबल कमजोर भइरहेको अवस्था छ ।
आज १० वर्ष पहिले सुरु गरिएको हाइड्रोपावर र होटल क्षेत्रमा धेरै लगानी भएको छ। त्यो बेलाको र अहिलेको अवस्थामा कति फरक भएको छ ? त्यसअनुसार नीतिमा परिवतर्नन गर्नु पर्ने होला नि ? अहिले पनि नेपालले आफ्नो खुट्टामा उभिने हो भने यी दुइवटा क्षेत्र नै हो । होटल र होइड्रो । यी क्षेत्रका लागि कसरी सहज वातावरण निर्माण गर्नुपर्ने हुन्छ । १३० रुपैयाँ डलर पुग्छ भनेर कसैले पनि सोचेको थिएन् । हाइड्रोको लागि आवश्यक पर्ने सबै सामानहरु बाहिरबाट नै ल्याउनु पर्छ । आयोजनाको लागत २ गुणा बढीसक्यो ।
आयोजनाको लागत दुई गुणा बढ्दा बैंक फसिसक्यो । पैसा नदिउँ आयोजना सम्पन्न हुँदैन । पैसा दिँदा डेट सर्भिस गर्न सक्ने क्षमता रहेको छ । थाहा पाउँदा पाउँदै पनि आयोजनाले डेट सर्भिस खुकुलो रुपमा गर्न सक्दैन समय २० वर्षको समय दिन सक्दैन । यस्तो लामो समयसम्मका लागि क्यापिटल दिन सक्ने इन्स्युच्युसन छैनन् ।
कतिपय नेपालका व्यापारहरु छद्मरुपी लगानीकर्ताहरुले चलाइरहेका छन् भन्ने सबैलाई थाहा छ । यसलाई कसरी रोक्नुहुन्छ । यो कुन बाफियाबाट रोक्नु हुन्छ ? म यसलाई कसरी अघि बढाउनु पर्छ भन्दा सबै भन्दा ठूलो कुरा क्यापिटल रिर्जभेसन नै हो
पूर्वाधार बैंक भने पनि उसले पनि वाणिज्य बैंकको जस्तै काम गरिरहेको छ । फण्डामेन्टल रुपमा कुनै फरक छैनन् । लामो समयका लागि लगानी गर्ने बैंक हुनु पर्ने थियो । तर त्यसले त्यो अनुसार काम गर्न सकेको छैन् । बैंकहरुमा स्वतन्त्र सञ्चालकको बहुमत हुनुपर्छ भन्नेमा म सहमत नै छु । स्वतन्त्र भन्दैमा देखाउनका लागि मात्रै भन्दा पनि त्यसका लागि क्षमतावान पनि हुनुपर्ने हुन्छ ।
बैंक बुझेको पनि हुनु परो । यस्तो क्षमता भएका व्यक्तिहरु पनि बजारमा रहेको छन्। बैंकहरुले उनीहरुलाई खोजेर ल्याएर काम गराउनु परो । आफै किन बस्नु परो र ? बैंकको बोर्ड संरचनाका विषयमा छलफल गर्न सकिन्छ । होइन भने यो फजुलको डिस्कसन मात्रै हो । लगानीकर्ता को ? बैंकर को ? लगानीकर्ताको नाममा छद्म भेषी लगानीकर्ताहरु पो छन कि ?
कतिपय नेपालका व्यापारहरु छद्मरुपी लगानीकर्ताहरुले चलाइरहेका छन् भन्ने सबैलाई थाहा छ । यसलाई कसरी रोक्नुहुन्छ । यो कुन बाफियाबाट रोक्नु हुन्छ ? म यसलाई कसरी अघि बढाउनु पर्छ भन्दा सबै भन्दा ठूलो कुरा क्यापिटल रिर्जभेसन नै हो । बचतकर्ताको क्यापिटल नै हो । राष्ट्र बैंकले जति ५ प्रतिशत ६ प्रतिशत भने पनि त्यो वास्तविक होइन । ९ प्रतिशत लगानीकर्ताको पैसा हो बाँकी ९० प्रतिशत त जनताकै पैसा हो । ९० प्रतिशत जनताको पैसालाई कसरी सुरक्षा गर्ने भन्नेतर्फ पनि सोच्नु पर्छ ।
सहकारी त समस्यामा परिसकेको अवस्था छ । अब भनेको एसएमइज हो । यो पनि निकै कठिन अवस्थामा पुगिसकेको अवस्था छ । यो कुरामा निकै ध्यान दिएर काम गर्नुपर्ने अवस्था छ । मेरो आग्रह के हो भने यो कुरालाई राष्ट्र बैंकमा पठाइदिनुपर्छ ।
अहिले आइटीमा लगानी गर्नुपर्ने आवश्यकता छ । यो बाफियामा छलफल गर्नु भनेको जालिमा पानी जम्मा गर्नु जस्तै हो । एउटा टाल्दा अर्कोबाट चुहिन्छ । अहिलेको अवस्थामा अध्ययन गर्नका लागि राष्ट्र बैंकमा नै पठाउनु पर्ने र त्यहाँ विज्ञहरुले सुझाव दिएर फेरि आउनु पर्छ भन्ने हो ।
(सांसद विनोद चौधरीले संसदको अर्थसमितिमा बाफियामाथि राखेको धारणा)
प्रतिक्रिया दिनुहोस्