काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ नामी र सेरेसका लागि ‘इज अन वालेट’ को घोषणा गरेको छ ।
जेठ ११ देखि १५ गतेसम्म बजेट घोषणा अगाडी चल्ने अफरमा ग्राहकहरूले नामी र सेरेस उत्कृष्ट मूल्यमा पाउन्नेछन । यो अफर नेपालभरका सबै नामी र सेरेस शोरूमहरूमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकहरूलाई नयाँ ईभी मोडलहरू अनुभव गर्ने, विशेष अफर र सुविधाहरूको लाभ लिने, र इलेक्ट्रिकमा स्विच गर्न अझ सजिलो बनाउने जनाएको छ ।
यो सीमित अवधिको अफरको लाभ लिने ग्राहकहरूले आफ्नो अनुभवलाई अझ उत्कृष्ट बनाउन डिजाइन गरिएका विशेष सुविधाहरूको प्राप्त गर्नेछन्। यसमा चार्जिंगका लागि ७ किलोवाट र ३।५ किलोवाट चार्जर, एक वर्षको अटो(प्लस बीमा, र एक वर्षको सवारी कर समावेश छन् ।
ग्राहकहरूले निःशुल्क एसेसरीज , प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, र हरेक बुकिङमा माउन्टेन फ्लाईट प्राप्त गर्ने कम्पनीले जनाएको छ । चार भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेस क्याम्पमा हेलिकप्टर राइड जित्ने अवसर पनि पाउनेछन् ।
यो अफर सीमित समयको लागि मात्र मान्य छ। इच्छुक ग्राहकहरूलाई मूल्य बढ्नु अघि आफ्नो नजिकको नामी र सेरेसको शोरूम वा अधिकृत डिलरमा गई यी विशेष सुविधाहरूको लाभ लिन सक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्