Skip to content

वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब १८ करोड राजस्व संकलन

nabil bank
Stranded containers being loaded at the dry port in Birgunj, amid the unofficial blockade imposed by India at the border point, on Thursay, October 29, 2015. Photo: Ram Sarraf

वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब १४ करोड २८ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको जानकारी दिए । ‘गत आवको १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो’, उनले भने, ‘गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ ।’

कार्यालयले साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ, भदौमा चार अर्ब ६४ करोड रुपैयाँ, असोजमा चार अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ, मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ, पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ, माघमा चार अर्ब २९ करोड रुपैयाँ, फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ, चैतमा चार अर्ब ५० करोड र वैशाखमा चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime