काठमाडौं । मान्छे मारेको आरोप लागेका कांग्रेस नेता मोहम्मद आफताब आलमले आरोपबाट सफाइ पाएका छन् ।
उच्च अदालत वीरगञ्जले जिल्ला अदालत रौतहटले गरेको फैसलालाई उल्टाएर आलमलाई सफाइ दिएको हो ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।
फैसलामा चित्त नबुझेर आलम उच्च अदालत गएका थिए । अदालतको फैसलापछि आजै आलम रिहा हुनसक्नेछन् ।






प्रतिक्रिया दिनुहोस्