Skip to content

घट्यो सेयर धितो कर्जाको जोखिम भार

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ ।

आज राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरे लगत्तै यो कार्यान्वयनमा आएको छ । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा गर्दै जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झारेको थियो ।

यसअघि ५० लाख माथिको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो । अब भने १०० प्रतिशत मात्रै हुनेछ । सेयर लगानीकर्ताले बर्षौदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime