काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन हो ।
आज कार्यालय समयसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेको कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसका कारण सार्वजनिक विदा परेकाले आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले जेठ २६ सभा बोलाएको छ ।






प्रतिक्रिया दिनुहोस्