Skip to content

ट्रेड टावर आईपीओ निष्कासन, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

nabil bank

काठमाडौं । ट्रेड टावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेर दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्कासन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरेको छ । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९ कित्ता सेयर निष्कासन गरिसकेको छ । आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन सकिने छ । आईपीओमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime