Skip to content

बरुण हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्न तोक्यो जेठ २२ गते बुक क्लोज मिति

nabil bank

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज हुने भएको छ । उक्त कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त कम्पनीमा जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै हकप्रद सेयर खरिद गर्न पाउने छन । कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

उक्त कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime