काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १७.४४ अंकले बढेर परिसूचक २६९३.०६ बिन्दु कायम भएको छ ।
३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूह, विकास बैंक, वित्त, होटल, जलविद्युत, उ्रत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहको उपसूचक बढेको छ । यस्तै जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीबन बीमा समूहको उपसूचक घटेको छ ।
कारोबारमा लगानीकर्ताको आकर्षण बैंकमा देखिएको छ ।
यो दिन ओम मेगाश्री फर्मास्युटिकल्स, पिओर इनर्जी कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्