काठमाडौं । सरकारले काठमाडौं–तराई र मधेस द्रुतमार्ग सडक आयोजनाका निम्ति आउँदो आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बिहीबार संघीय संसद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।
‘आगामी वर्ष ३७ किलोमिटर सडकमा सवबेस, चार किलोमिटर सुरुङ, ६० पुलको निर्माण कार्य सम्पन्न गरिनेछ । त्यसकf लागि २४ अर्ब ४९ करोड विनियोजन गरेको छु,’ उनले भने ।






प्रतिक्रिया दिनुहोस्