काठमाडौं । सरकारले विदेशी महंगा मदिरालाई झनै महंगो बनाउने गरेर कर लगाएको छ ।
लिटरमा लाग्ने अन्तःशुल्कलाई कारोबार मूल्यमा लाग्ने बनाएको छ । नेपालमा त्यसैपनि अहिले भारतको तुलनामा विदेशी मदिराको मूल्य बढी रहेको छ । अब कुनै मदिराको मूल्य शतप्रतिशतसम्म बढ्न सक्ने अनुमान व्यवसायीहरुको छ ।
सरकारले स्वदेशी मदिरा उद्योगलाई प्रवद्र्धनको लागि नीति लिएको जनाएको छ । स्वदेशी तर्फ भने सरकारले शुल्क बढाएको छैन ।
तर,कच्चा पदार्थको आयातमा लाग्ने शुल्क बढेको छ । मदिरा उद्योगी रवि केसी कच्चा पदार्थको आयात बढेको देखिएको हुँदा उद्योगीलाई समस्या पर्न सक्ने बताउँछन् । उनले विस्तृत टिप्पणी भने आर्थिक विधेयक हेरेपछि मात्र गर्ने बताए ।
प्रतिलिटर २ हजार लाग्ने भन्सार शुल्कलाई आयातित मदिरालाई शतप्रतिशत भन्सार शुल्क लिने व्यवस्था बजेट गरेको छ ।






प्रतिक्रिया दिनुहोस्