काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बुधबार पनि तोलामा १ हजार ६०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि घट्यो । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भएको थियो ।






प्रतिक्रिया दिनुहोस्