Skip to content

अर्थमन्त्री बजेट निर्माणमा साढे २० घन्टा मन्त्रालयमा, सल्लाहकार बिना करिब सवा २० खर्बको बजेट ल्याउँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि दैनिक साढे २० घन्टासमेत मन्त्रालयमा खटिएर काम गरेका छन् ।
अर्घाखाँची सिमेन्ट
Hyundai
आज आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब सवा २० खर्ब बढीको बजेट ल्याउनका लागि उनले साढे तीन घन्टा मात्रै सुतेर बाँकी समय मन्त्रालयलाई बजेट निर्माणमा दिएका छन् ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले बुधबार  (जेठ १४ गते) अर्थ मन्त्रालयमा साढे २० घन्टा खटेर काम गरे । ‘मन्त्रीज्यू बिहान ७ बजे आउनुभएको थियो’ स्रोतले भन्यो  ‘१५ गते (आज बिहानको राति साढे ३ बजे) निवासमा जानुभएको थियो । बिहान ७ बजे नै मन्त्रालयमा आउनु भएको छ ।’
स्रोतका अनुसार केही साता यता अन्य दिन पनि मन्त्री पौडेल बिहान ७ बजे मन्त्रालय आएर राति १०, साढे १० बजेसम्म बजेट निर्माणका लागि खटिएका छन् । यो पटक मन्त्री पौडेलले प्रत्यक्ष रुपमा कुनै पनि आर्थिक सल्लाहकार नराखी आफ्नै बल बुताबाट बजेट निर्माण गरेका छन् ।
आगामी आवको बजेटका लागि राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६५ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ लिएको छन् । योजना आयोगले दिएको सिलिङमा ६० अर्ब हाराहारीमा थपिएर करिब २० खर्ब ६५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी रहेको स्रोतको दाबी छ ।
यो पटक अर्थमन्त्री पौडेलले जनप्रतिनिधिदेखि कर्मचारीलाई समेत खुसी बनाउने गरी बजेट ल्याउने तयारी गरेका छन् । स्रोतको अभावकाबीच सरकारले कर्मचारीको तलब बढाउने आन्तरिक तयारी गरेको छ । यस्तै सांसदहरुलाई खुसी बनाउनका लागि फरक शैलीमा सांसद विकास कोषमा पनि बजेट राखिने भएको छ।
यो पटक सरकारले विद्युतीय गाडीमा भने कर बढाउने निश्चित प्राय भएको छ । मन्त्रालयमा रहेको बजेट निर्माण गर्ने टिमले बजेटलाई अन्तिम रुपमा दिएको छ । स्रोतका अनुसार विद्युतीय गाडीमा कर बढेको छ । विद्युतीय गाडीको कर बढ्ने अनुमानको आधारमा गाडी बिक्रेताहरुले गाडी आयात गरेका छन् ।
अर्थमन्त्रीले पूर्वसचिव रामेश्वर खनालको उच्चस्तरीय अर्थतन्त्र सुधार आयोगले दिएको सुझावअनुसार आर्थिक सुधारलाई अर्थसम्बन्धी विधेयकमा राखेको जनाइएको छ । कर्मचारीको तलब बढाउने गरी सरकारले काम गरेको छ ।
सरकारले यो पटक पनि विगतदेखि नै अत्याधिक कर लगाइएका क्षेत्रमा नै कर थप्ने तयारी गरेको छ । कर्मचारीको सुविधा केही बढ्ने घोषणा बजेटमा हुने छ।
आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुँदैछ । आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्ने कार्यसूची छ ।
आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्दै छन् । प्रतिनिधिसभाको दिउँसो १ः३० बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने र अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
त्यसैगरी राष्ट्रियसभाको दिउँसो १ः४५ बजे बस्ने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/८३ को आर्थिक सर्वेक्षण’ पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्