Skip to content

बजेटमा आएको टिप्पणीले खुसी छु, आजैदेखि कार्यान्वयन हुन्छ शंका नगर्नु : मन्त्री पौडेल

nabil bank

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा आएको टिप्पणी देखेर सन्तोष लागेको बताए ।
टिप्पणी देखेर ठिकै ढगले बजेट ल्याएको महसुस भएको दाबि गरे ।

यो बजेट कार्यान्वयन गर्ने प्रतिबद्दता जनाए । उनले बजेट कार्यान्वयनका लागि कार्य योजना आजैदेखि अर्थ मन्त्रालय लाग्ने बताए । बजेट कार्यान्वयनमा सरकार तय गरेको लक्ष्य पुुरा हुने उनको दाबी छ । बजेटको अंकको विषयमा कसैको गुनासो नरहेको उल्लेख गरे । उनले अन्तर सरकारी बित्त हस्तान्तरण बढेको उल्लेख गरे । आन्तरिक ऋण उठाउने सिमा ५.५ भएपनि ५.३ मा कायम राखेको बताए ।

राजस्व बाट मात्रै विकास हुन नसक्सने भन्दै बैकल्पिक वित्तको खोजि भएको बताए। संसदमा बैकल्पिक वित्त निति पेस गरेको स्मरण गरे । खर्च कटौती गरेर चालू खर्च सन्तुलित बनााउन आवश्यक रहेको बताए ।

बजेटमा उल्लेख भएका अयोजनाको प्रकृया पूरा भएको छ भने जेठ १६ गतेदेखि सार्वजनिक खरिदमा जान सकिने जानकारी गराए । आगामी दिनमा वन क्षेत्रका कारण आयोजना समयमा नै नबन्ने समस्या समाधान हुने बताए । चर्चामा रहेको डिजिटल भुक्तानीको कर हटाएको स्मरण गराए ।

कारोबार गरेका र नगरेका कारदाताले कारोबार नगरे पनि कर तिर्ने ब्यबस्था हटाएको मन्त्रीको भनाइ छ । ईभीको चार्जिङ मेसिनको एसेम्बल गर्नेलाई कारोबार सुरु गरेको दिनबाट ५ वर्ष कर छुट दिने नीति छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime