Skip to content

बजेटपछिको सेयर कारोबार सोमबार मात्र खुल्ला हुने,आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । बजेटपछि सेयर बजार सोमबार मात्र खुल्ने भएको छ । बजेट आउने दिन जेठ १५ गते गणतन्त्र दिवसको बिदा थियो ।

जसले गर्दा सेयर कारोबार हुन पाएन । शुक्रबार सार्वजनिक बिदा नभए पनि सेयर कारोबार हुँदैन ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आइतबार सरकारले काठमाडौं उपत्यकामा भोटो देखाउने जात्राका लागि बिदा दिएको छ ।

जसको कारण सेयर कारोबार सोमबार मात्र हुने भएको हो । यो पटक सेयर लगानीकर्तालाई उत्साहित नै गर्ने बजेट अर्थमन्त्रीले ल्याएका छन् ।

पुँजीगत लाभकर बढ्छ भन्ने अनुमान गरिए पनि बजेटले यसलाई परिवर्तन गरेको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्