काठमाडौं । निषेधित क्षेत्र तोड्दै प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटार क्षेत्रमा प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले बालुवाटारलाई पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।
नक्सालस्थित नारायणचौरबाट आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । बोहोराका अनुसार, पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइएको छ ।






प्रतिक्रिया दिनुहोस्