Skip to content

यातायात व्यवसायीको माइतीघर–बानेश्वर खण्डमा प्रदर्शन

nabil bank

काठमाडौ । सार्वजनिक यातायात व्यवसायीहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर बानेश्वर सडकखण्डमा विरोध प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले काठमाडौंमा पनि विरोध प्रदर्शन गरेका छन् ।

दुईपांग्रे र चारपांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

सडक ढाकेर गरिएको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित भएको थियो । त्यस्तै राजावादीहरुले नक्शाल–भाटभटेनी क्षेत्रमा गरेको प्रदर्शनले पनि काठमाडौंको यातायात अस्तव्यस्त भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime