काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बाफिया संशोधन गर्दा सम्बद्ध व्यक्तिको परिभाषालाई बृहत् बनाउन सु्झाव दिएका छन् ।
उक्त विधेयकमा आज अर्थ समितिमा भएको बैठकमा उनले उक्त कुरा बताए । ‘अहिले १९ लाख ४० हजार जनाले करिब ५६ खर्ब कर्जा प्रयोग गरेको देखिन्छ ।
५६ खर्बलाई १९ लाख ४० हजारले भाग गर्दा निकै कम हुन्छ’ उनले भने उनले भने, ‘तर, त्यहाँ भित्र गएर हेर्ने हो भने व्यक्तिले लिएको कर्जा धेरै ठूलो छ । सम्बद्ध व्यक्तिको परिभाषालाई अझै बृहत बनाउने हो भने एउटा सम्बद्ध व्यक्ति, फर्म, कम्पनी र त्यसमा आबद्धहरुले कति कर्जा लिएका छन् थाहा पाउन सकिन्छ ।’
त्यो हेरेर नीति बनाउन सकिने उनको भनाइ छ । कसैको लोन एकीकृत भएको छ भन्ने कुरालाई समेत यसमा समावेश गराउन सम्बद्ध व्यक्तिको परिभाषालाई बृहत् बनाउन आवश्यक रहेको उनको बुझाइ छ ।






प्रतिक्रिया दिनुहोस्