काठमाडौं । सेयर बजारमा सामान्य सुुधार आएको छ । निकै उतार चढाबकाबीच बजारमा सामान्य सुधार आएको छ ।
बजार मापन गर्ने सूचक १.६० अंकले बढेर परिसूचक २६९४.६६ बिन्दु कायम भएको छ । ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा विकास बैंक, वित्त, होटल, जीवन बीमा र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ । कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स पियोर इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने भुगोल इनर्जी, बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त, अप्पर हेवाखोला कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।






प्रतिक्रिया दिनुहोस्